२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रुसले रियल मड्रिड छाड्ने



अ+ अ-

काठमाडौँ । जर्मनीका मिडफिल्डर टोनी क्रुसले रियल मड्रिड छोड्ने घोषणा गरेका छन् । ३४ बर्षिय क्रुसले एक सन्देशमा आफूले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् ।

रियल आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै उनले फुटबलबाट सन्यास लिने बताएका हुन् ।

उनी २०१४ मा जर्मन क्लब बायर लिभरकुसेनबाट रियल मड्रिड पुगेका थिए । रियल मड्रिडमा १० सिजन खेलेका उनले अब रियल मड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् ।

रियलले च्याम्पियन्स लिगको फाइनल जर्मन क्लब डर्टमण्डसँग जुन २ मा खेल्दैछ ।

रियलबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जितेका उनले चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यस्तै एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जितेका छन् । उनले रियलबाट ३०५ खेलमा २२ गोल गरेका छन् ।