२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’



अ+ अ-

काठमाडौं। नेपाली चलचित्र ‘फर्की फर्की’को प्रिमियर भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचत्रिको प्रिमियर शो सम्पन्न भएको हो ।

प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र धेरै नै राम्रो रहेको र विशेष गरी चलचित्रका प्राविधिक पक्षहरु झनै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । निर्देशन पक्ष एकदमै सबल रहेको र सिनेमा हेर्दा आफूलाई कोरियन सिनेमा हेरेको जस्तो अनुभुति भएको बताउनु भयो । उहाँले नेपालको आधुनिक शहरीकरण गरिएको जस्तो चलचित्र हेरेको महशुस भएको बताउनु भयो ।

अभिनता किरण केसीले चलचित्र अन्य भन्दा फरक र राम्रो लागेको बताउनु भयो । निर्देशन, छायांकन निकै राम्रो रहेको र विषयवस्तु पनि त्यत्तिकै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले आम मानिसले अनमोलले अभिनयमा केही कमजोरी गर्ने गर्छ भन्ने छापलाई चलचित्र फर्की फर्कीले चिर्ने बताउनु भयो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकारहरुको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । चलचित्र कस्तो छ भन्नेकुरा दर्शकहरुले मूल्यांकन गर्ने कुरा भएको बताउनु भयो । अभिनेत्री भवसुन्धरा भुषालले चलचित्र धेरै नै राम्रो रहेको र नयाँ पुस्ताका लागि झनै राम्रो रहेको बताउनु भयो । उहाँले सबै दर्शकहरुले चलचित्र हेरिदिन आग्रह गर्नुभयो । अभिनेता रमेश उप्रेतीले चलचित्र फरक किसिमको रहेको र कलाकारहरुको अभिनय पनि राम्रो रहेको बताउनु भयो ।

अभिनेता केदार घिमिरेले चलचित्र फर्की फर्की धेरै बेग्लै किसिमको रहेको र धेरै नै राम्रो रहेको बताउनु भयो । अभिनेत्री सुरक्षा पन्तले चलचित्र धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले नयाँ खालको आइडियामा चलचित्र बनाउनु पनि उत्कृष्ट रहेको बताउनु भयो । अभिनेता दीपकराज गिरीले चलचित्र फर्की फर्की खर्चालु सिनेमा रहेको र मन खालेर चलचित्र निर्माणका लागि खर्च गरिएको बताउनु भयो । चलचित्रमा अनमोलको अभिनय सबैभन्दा राम्रो रहेको बताउनु भयो । चलचित्रको विषय यसअघि नेपाली सिनेमा प्रश्तुत नगरिएको बताउनु भयो । अभिनेत्री झर्ना थापाले चलचित्र नयाँ विषयवस्तुमा बनेको बताउनु भयो । चलचित्रमा अनमोलको अभिनय उत्कृष्ट रहेको बताउनु भयो । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र अहिलेका चलचित्रहरु भन्दा धेरै नै फरक रहेको बताउनु भयो । चलचित्र रमाइलो र अनमोलको यस किसिमको अभिनय उत्कृष्ट रहेको बताउनु भयो ।

अभिनेत्री नीति शाहले चलचित्र निकै राम्रो लागेको बताउनु भयो । अभिनेता सलोन बस्नेत र सलिनमान बानियाँले पनि चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । सिनेमा फ्रेस रहेकाले सबैले मन पराउने बताउनु भयो । अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र शुरुदेखि अन्तिमसम्म नै रमाइलो रहेको बताउनु भयो । अभिनेता सुशील श्रेष्ठले चलचित्र धेरै नै फरक र राम्रो रहेको बताउनु भयो । अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर शर्माले चलचित्रमा निर्माता र निर्देशकहरुले लोभ नगरीकन खर्च गरेको र फिल्म उत्कृष्ट बनेको बताउनु भयो । चलचित्रमा सबैकुरा नयाँ रहेकाले पनि राम्रो रहेको बताउनु भयो ।

अभिनेता अनमोल केसीले आफ्नै चलचित्रको प्रिमियरमा आफैँले सिट नपाएर बाहिर बसेको बताउनु भयो । अभिनेत्री जसिता गुरुङले चलचित्र कस्तो रहेछ भन्नेबारेमा सबैले प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।