२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा हावाहुरीसहित वर्षा, नेपालमा पनि देखिन थाल्यो असर



तस्बिर : एजेन्सी
अ+ अ-

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालमा देखिन थालेको छ ।

नेपालको कोशी प्रदेशका तराई भागका जिल्ला मोरङ, झापालगायतमा पानी परिरहेको छ । अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का पानी पर्ने सम्भावना छ ।

प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अप्रत्यक्ष असरले आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै रेमल चक्रवातको असर नेपालको कुन प्रदेशमा कस्तो खालको रहन्छ भन्ने जानकारी समेत दिएको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विशेष बुलेटिनमा उल्लेख छ ।

यता भारतमा भने रेमल चक्रवातले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) काअनुसार रेमालका कारण अहिले कोलकातामा हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिम बङ्गाल पनि आँधीबाट प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीपछि बङ्गालमा तटीय क्षेत्रमा पहिरो जाने क्रम जारी छ । आईएमडीकाअनुसार चक्रवाती आँधी ‘रेमाल’ पश्चिम बङ्गालबाटै शुरु भएको हो । बङ्गालको खाडीमा बनेको चक्रवात रेमाल उत्तर दिशातर्फ सरेको र बङ्गलादेशतर्फ गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो आँधी पश्चिम बङ्गालको सागर टापु र क्यानिङ र बङ्गलादेशको खेपुपारा र मोंगलातर्फ सर्दैछ ।आँधीलाई ध्यानमा राखी क्षति कम गर्न नौसेना र तटरक्षक टोली परिचालन गरिएको छ ।