२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्यूगिनीमा पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिए



अ+ अ-

एजेन्सी । पपुवा न्यु गिनीले संयुक्त राष्ट्रसङ्घलाई सोमबार एङ्गा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा शुक्रबार गएको भीषण पहिरोमा परी मृत्यु भएका व्यक्तिको सङ्ख्या दुई हजारभन्दा बढी रहेको जनाएको छ । उनीहरू पहिरोमा पुरिएको बताइएको छ ।

देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३:०० बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका छन् ।

मुङ्गालो पर्वतको एउटा ठूलो भाग भत्किँदा सयौं घरहरू पुरिएपछि ठ्रलो सङ्ख्यामा स्थानीयको मृत्यु भएको हो ।

पहिरोले भवन, खाद्यान्न बगैँचामा ठूलो क्षति पुर्‍याएको र यसले मुलुकको अर्थतन्त्रलाई नै ठूलो असर पारेको विपद् कार्यालयले जनाएको छ ।

पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग ‘पूर्ण रूपमा अवरुद्ध’ भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख गरिएको छ ।

“भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका लागि निरन्तर खतरा उत्पन्न गरेको छ,” उहाँले भन्नुभयो ।

पत्रमा पपुवा न्युगिनीका विकास साझेदार र अन्य अन्तर्राष्ट्रिय मित्रलाई पछिल्लो अवस्थाबारे जानकारी दिन संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरिएको छ । विपद् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन आग्रह गरिएको छ ।




भर्खरै