२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि…



अ+ अ-

एजेन्सी । ट्राफिक जाममा फस्न कसैलाई मन पर्दैन । यदि कोही व्यक्ति जाममा फसे त्यही जाममा जीवनको सबैभन्दा महत्वपूर्ण समय बितिरहेको महसुस हुन्छ ।

यस्तो अवस्थामा सोच्नुहोस् संसारको सबैभन्दा लामो ट्राफिक जाम कुन होला ? वा कल्पना गर्नुहोस् यदि तपाईं एक वा दुई घण्टाको सट्टा १२ दिनसम्म ट्राफिक जाममा फसेको भए के हुन्छ ?

वास्तवमा यो घटना चीनको राजधानी बेइजिङमा भएको थियो । बेइजिङ–तिब्बत एक्सप्रेसवेमा करिब १०० किलोमिटर लामो जामको सामना गर्नुपरेको थियो । यो जाम कति ठुलो हुनेछ भन्ने कुरा विश्वको इतिहासमा अझै पनि लेखिएको तथ्यबाट नै अनुमान लगाउन सकिन्छ । यो जाम १४ अगस्त २०१० मा भएको थियो । यो जाम १२ दिनसम्म चलेको थियो ।

यो जामको कारण बेइजिङ–तिब्बत एक्सप्रेसवेमा भइरहेको सडक मर्मत कार्य थियो । जसका कारण सवारी आवागमन एकतर्फी हुन पुग्यो । यसबाहेक मंगोलियाबाट बेइजिङतर्फ सामग्री बोकेका ट्रकले पनि ट्राफिक जाम बढाएका थिए । जसका कारण केही बेरमै जाम सय किलोमिटर लम्बियो ।

मिडिया रिपोर्टका अनुसार विश्वको सबैभन्दा ठूलो ट्राफिक जाममा फसेका मानिसहरूले जाम यति लामो भएको थियो कि मुश्किलले एक दिनमा एक किलोमिटर मात्रै हिँड्न सकिएको थियो ।

केही ट्रक चालकका अनुसार उनीहरु ५–५ दिनदेखि यही जाममा फसेका थिए । ट्राफिक जाममा फसेको देखेर राजमार्गको छेउमा सामान बेच्नेहरु स्तब्ध भए । उनीहरुले हरेक वस्तु १० गुणा बढी मूल्यमा बिक्री गरिरहेका थिए । जाममा फसेका जनताले पानी समेत कैयौँ गुणा बढी मूल्यमा किन्न बाध्य भएका थियो । यो जाम हटाउनका लागि सरकारले पनि धेरै प्रयास गर्नुपरेको थियो ।