२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन



अ+ अ-

ललितपुर । पशुपतिक्षेत्र परिसरमा आगामी साउन महिनाभर कोटिहोम महायज्ञ सञ्चालन गर्न लागिएको छ ।

नेपालको इतिहासमा सम्पन्न भएका यस्ता महायज्ञहरुमध्येकै ठूलो मानिएको यस कोटिहोम महायज्ञलाई सफल बनाउन अहिले विभिन्न क्षेत्रबाट काम भइरहेको छ । यसै अन्तर्गत आयोजक समितिले उपत्यका भित्र १३ सय भन्दा बढी कोटीहोम महायज्ञ उपसमितिहरु बनाइ सकिएको जनाएको छ ।

पशुपतिक्षेत्रमा आयोजना हुन लागेको नेपालकै हालसम्मको ठूलो पशुपति कोटीहोम एंव १०८ श्रीमद्भागवतको अहिले देश(विदेशमा चर्चा भैरहेको छ । कोटीहोम सफल बनाउन आयोजक समिति तीब्र गतिमा लागि परेको छ ।

महायज्ञ सञ्चालन र सफल बनाउनका लागि आयोजक समितिले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा मात्र हालसम्म एक हजार ३३० ओटा उपसमिति बनाएको आयोजक संस्था मानव सेवा फाउण्डेसनका व्यवस्थापक विष्णुराज गिरीले जानकारी दिनुभएको छ ।

गिरीका अनुसार, अहिले उपसमितिले मनोनयनका साथै विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई निमन्त्रणा दिने कार्य भइरहेको छ । काठमाडौँ उपत्यकाका स्थानिय तह, धार्मिक मठमन्दिर, टोल सुधार समितिमा आबद्ध भएका धार्मिक मनहरुलाई समेटेर उपसमिति निर्माण गरेका छन् ।

मानव सेवा फाउण्डेसन अन्तर्गत सञ्चालमा रहेका मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण एवं गाँस, बास, कपासका लागि सहयोगार्थ उक्त कोटीहोम महायज्ञ सञ्चालन हुन गैरहेको हो ।

महायज्ञमा कोटीहोमका नियममित कर्म, यज्ञ अनुष्ठान सँगै श्रीमदभागवत कथा प्रवचन, शिव महापुराण, रामायण आदि पाठ हुने छन् ।
कथाप्रवचनका लागि वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल, सु–प्रसिद्ध कथा वाचिका राधिका दासी माता, देवी प्रतिभा, राम कथावाचिका चन्द्रकला सखी र श्रीमद देवी भागवत वाचिका विदुषी डा कान्ता भट्टराइको पनि सहभागिता रहने छ ।




भर्खरै