२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु



symbolic picture
अ+ अ-

कृष्णनगर । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा–२ गणेशपुरका ३२ वर्षीय हरिसचन्द्र मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो । सोही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर मिश्रको मृत्यु भएको विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले जनाएको छ । रासस