२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो



अ+ अ-

काठमाडौं । अर्को सातादेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषय चर्चामा छ । सामाजिक सञ्जालदेखि सडकसम्म तातिएका छन् ।

सन्दीप भिसा नपाएर नेपालमै रोकिँदा विश्वकपमा उनको सहभागिता अनिश्चित छ । सन्दीपको समर्थनमा विभिन्न प्रदर्शन भइरहेका छन् । तर, खेलाडीले भिसा नपाइरहेको अवस्थामा नेपाल क्रिकेट संघ (क्यान)का केही उच्च पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न भन्दै अमेरिका उडेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका प्रस्थान गरेका हुन् । उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका छन् ।

नेपालबाट विश्वकपमा सहभागी हुनका लागि २५ जनालाई आईसीसीले खेलाडी र अफिसियलको कोटा दिएको थियो । अध्यक्ष चन्द सोही कोटामा अमेरिका गएका हुन् । विश्वकपका लागि जाने २५ जना टिमको सम्पूर्ण खर्च आईसीसीले नै बेहोर्ने गर्दछ ।

यस्तै, उनीहरूलाई प्रतियोगिता अवधिको भत्ता समेत दिइन्छ । २५ जना टोलीभित्र रहेको सबै बिजनेस क्लास फ्लाइटमा यात्रा गर्न पाउँछन् र बसाइँको खर्च पनि आईसीसीकै कोटामा पर्छ ।

२५ सदस्यीय नेपाली टिमको नेतृत्वमा क्यानकै केन्द्रीय सदस्य दिवाकर घले रहेका छन् । घले गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए ।

यस्तै, क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा टिमसँगै गएका थिए ।

क्यान पदाधिकारीबाहेक नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका जान क्यानबाट निम्तो पठाइएको थियो । सचिव पारस खड्काले पत्र काटेर मेयर बस्नेतलाई निम्तो दिएका हुन् ।

सचिव पारससँगै अन्य केन्द्रीय सदस्यहरू पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा रहेको क्यान स्रोत बताउँछ ।

यस्तै, विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌बाट पनि केही व्यक्ति अमेरिका जाने तयारीमा रहेको बुझिएको छ ।

सन्दीपको भिसाका विषयमा क्यानले पहल गरिरहेको जनाए पनि हालसम्म कुनै सकरात्मक प्रतिक्रिया आएको छैन । यसैकारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको छ । दूतावासबाट आज सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप गुमाउने लगभग निश्चित छ ।

नेपाल विश्वकप २०२४ का लागि छनोट हुँदा सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । नेपालले २०१४ पछि १० वर्षको अन्तरालमा दोस्रो पटक विश्वकप खेल्दैछ ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।