२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: भारत-पाकिस्तान को खेलमा आतंकवादी हमलाको खतरा



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा भारत–पाकिस्तान खेलका बेला आतंकवादी हमलाको खतरा देखिएको छ । भारत–पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कको आइसेनहोवर पार्कस्थित नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुन लागेको छ । जोखिमलाई मध्यनजर गर्दै सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आतंकवादी संगठन आइएसआईएसको खोरासानले एक भिडियो जारी गर्दै आफ्ना आक्रमणकारीहरूलाई ‘लोन वुल्फ’ आक्रमण गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । लोन वुल्फ आक्रमण केवल एक आक्रमणकारीको प्रयोग गरिन्छ।

खबर पाएसँगै न्यूयोर्कका गभर्नरले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न निर्देशन दिएका छन् । गभर्नर क्याथी होचेलले भनेका छन्– ‘विश्वकपलाई लिएर कुनै गम्भीर खतरा छैन। सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको छ । प्रशासनले हरेक अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ ।’

टी–२० विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तानको समुहमा आयरल्याण्ड, क्यानडा र अमेरिका पनि रहेका छन्। भारत र पाकिस्तानले आफ्ना सबै खेल अमेरिकामा मात्र खेल्नेछन् ।