२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हाज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन हालसम्म कै उच्च रेकर्ड हो । बिहिबार उक्त सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।