२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेद्वारा काठमाडौंका तीन वटा प्रहरी वृत्तको अनुगमन



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिजो साँझ काठमाडौका तीन वटा प्रहरी वृत्तको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछानेले बौद्ध, गौशाला र महाराजगन्ज प्रहरी वृत्तको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्यालगायतका विषयमा उनले वृत्त प्रमुखसँग जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने संख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत् जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको संख्याबारे पनि जानकारी लिएका छन् ।

अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले नागरिकको गुनासो तत्काल सुन्न, पीडित मैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीन वटै वृत्तका प्रमुखलाई निर्देशन दिएका छन् । यस्तै नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना ५ दिनभित्र पेश गर्न महाराजगन्ज वृत्तका डीएसपीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानले प्रहरीका कामलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन पनि आग्रह प्रहरी वृत्तका प्रमुखहरुलाई सुझाव दिएका छन् । लामिछानेको सचिवालयले प्रहरी संगठनलाई अझ नागरिक मैत्री, व्यवसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउनका लागि ‘फिडब्याक’ लिन मन्त्रीले तल्लो तहका युनिटको अनुगमन थाल्नु थालेको र यो कामले निरन्तरता पाउने जनाएको छ ।




भर्खरै