२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी



अ+ अ-

एजेन्सी । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।

यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो ।

खगोलशास्त्रीहरूले ब्रह्माण्डको सुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो । यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा सुरु भयो, त्यसपछि विस्तारित र अहिलेको रूपमा ठूलो रूपमा फैलिएको विचार हो र यो अझै पनि फैलिरहेको छ ।

पछिल्ला दुई वर्षमा, वैज्ञानिकहरूले वेबको प्रयोग गरी ‘कस्मिक डन’ को पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

यी आकाशगङ्गाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होलहरू परिवर्तन भएका तरिकाहरूमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ ।