२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच दिनभर वाकयुद्ध नै चल्यो । काठमाडौं महानगर प्रमुख शाहले गिरीबन्धु टी–स्टेटको १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनतालाई नझुक्याउन आग्रहसहितको सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

बालेन्द्रले झापास्थित गिरीबन्धु टी–स्टेटमा बैना लिनेहरुलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थम्याएको आरोप लगाएका थिए । उनले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरीबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाएका थिए ।

बालेन्द्रले ओलीलाई गिरीबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए ।

बालेनले लगाएको आरोपका खण्डन गर्न ओलीले भ्याएका थिएनन् । तर संसद् भवनमा पत्रकारले घेरेर ओलीमाथि प्रश्न सोध्न भ्याइहाले । जवाफमा ओलीले गिरीबन्धु टी–इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरे ।

गिरीबन्धु टी–इस्टेटबारे कुरा आइरहेका छन् भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

सोमबार दिनभर ओली र बालेनबीचको वाकयुद्धको चर्चा भइरहेको थियो । साँझ परेपछि भने बालेनले सामाजिक सञ्जालमा ओलीले राखेको आफ्नो एक फोटोमा कमेन्ट गर्न भ्याए । उनले लेखेका छन्– ओ हो ! गुड नाइट केपी बा । ह्याभ अ स्वीट ड्रिम ।