२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै



अ+ अ-

एजेन्सी । भारतीय टोलीले आज बुधबार आयरल्याण्डविरुद्ध खेल्दै टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ । दुई टोलीबीचको यो खेल न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।

भारतले २०१३ यता आईसीसी ट्रफी जितेको छैन र टोली यस प्रतियोगितामा आफ्नो उपाधि खडेरी हटाउन खोज्नेछ ।

कप्तान रोहित शर्माका लागि आयरल्यान्डविरुद्धको जित ठूलो व्यक्तिगत उपलब्धि हुनेछ किनभने यदि भारत यो खेल जित्न सफल भयो भने रोहित कप्तानको रूपमा टी–२० मा सबैभन्दा धेरै जित्ने कप्तान बन्नेछन् ।

टी–२० आईमा यी दुई टोलीबीच ७ खेल भएका छन् । जसमा सातै खेल भारतले जितेको छ । टी–२० विश्वकपमा दुवै टोली एकपटक मात्र आमनेसामने भएका छन् । त्यो सन् २००९ को कुरा थियो । नटिङ्घम मैदानमा आयरिश टोलीले भारतलाई दिएको ११३ रनको सामान्य लक्ष्यलाई भारतीय ब्याट्सम्यानले १५.३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

भारतीय टोली विश्वकपमा समूह ‘ए’ मा रहेको छ जसमा आयरल्याण्डसहित क्यानडा, अमेरिका र रहेका छन् । यसपटकको टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको छ जसलाई पाँच–पाँच समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर ८ चरणका लागि छनोट हुनेछन् । आयरल्याण्डपछि भारतले आइतबार न्युयोर्कमा पाकिस्तानको सामना गर्नेछ ।

सम्भावित सुरुवाती-११

भारतः रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।

आयरल्याण्डः पल स्टर्लिङ (कप्तान), एन्डी बालबर्नी, लोर्कन टकर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, मार्क एडेयर, ब्यारी म्याकार्थी, क्रेग यंग, ​​जोशुआ लिटल, बेन ह्वाइट ।