२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना



अ+ अ-

वासिङ्टन डीसी । एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् ।

फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द हिलले जनाएको छ ।

फिनिक्स राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष पहिलो पटक बिहीबार तापक्रम ११० डिग्री फरेनहाइट पुगेको बताएको हो ।

अनलाइनमा प्रसारण गरिएको भिडियो र फोटोहरूले चरम गर्मीका कारण धेरै मानिसहरू बेहोस भएको र चिकित्सा सहायताको आवश्यकता परेको देखाइएको छ ।