२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यानंलाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षन गराएको छ ।

‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरुपले केन्द्रीत भइ उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षणलगायतका कार्यहरु गर्नु पर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरुलाई सहभागी गराउनाले टिमको व्यवसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षन भएको छ ।’

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।

यस्तै, राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनैपनि खालका कार्यक्रममा सहभागी नहुन/नगराउन तथा आफ्नो खेलमा पूर्णरुपमा केन्द्रीत भइ आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ ।

साथै, राखेपले नेपाली क्रिकेटको इतिहासमा दोस्रो पटक सहभागी भएको नेपाली क्रिकेट टिमलाई जारी प्रतियोगितामा उच्च खेल प्रदर्शनका लागि शुभकामना व्यक्त समेत गरेको छ ।