३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त



अ+ अ-

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई औपचारिक रूपमा आज साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त मोदीले आइतबार साँझ ऐतिहासिक तेस्रो कार्यकालका लागि सपथ लिने छन् । लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री पद पक्का गरिसकेपछि आज मोदीले संसद्को सेन्ट्रल हलबाहिर सम्बोधन गर्र्दै आफ्ना लागि भावुक बल भएको बताए । उनले गठबन्धनका दलहरुलाई विश्वासमा लिन केन्द्रित हुने गरी सम्बोधन गरेका थिए ।

उनले सम्बोधनमा पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयी, शिवसेना संस्थापक बाला साहेब ठाकरे, शिरोमणि अकाली दलका प्रकाश सिंह बादलसमेत सहयोगी दलका दिवंगत नेतालाई पनि सम्झिँदै उनीहरूले एनडीएलाई मूर्त रुप दिएको बताए ।

मोदीले सरकार गठनअघि नै सबैलाई साथमा लिएर हिँड्ने बचन दिए । उनले सरकार चलाउन बहुमत चाहिने बताउँदै तर देश चलाउन सर्वसम्मत जरूरी रहेको ब्याख्या गरेका थिए ।

यो गठबन्धनले ३० वर्षमा पाँच–पाँच वर्षका तीन अवधि सफलतापूर्वक पूरा गरेको भन्दै उनले अटल बिहारी वाजपेयीको सरकारको सम्झना गरेका थिए ।

सम्बोधनका क्रममा मोदीले सर्वधर्म सम्भावको कुरा निकाले । भने ‘हामी सर्वधर्म सद्भावप्रति समर्पित छौँ ।’

संसदीय दलको नेता चयनपछि मोदीले सम्बोधन गरेका हुन् । उनी प्रधानमन्त्रीमासमेत नियुक्त भइसकेका छन् । तर गठबन्धन दलमा राजनीतिक भागबन्डा भने मिल्न सकेको छैन । मन्त्रालयहरुको समेत टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।