२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अफानिस्तानसँग न्युजिल्यान्डको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत न्युजिल्यान्डले हारबाट विश्वकपको सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्ड अफगानिस्तानसँग ८४ रनले पराजित भएको हो । अफगानिस्तानको भने यो लगातार दोस्रो जित हो ।

गुयानाको प्रोभिडेन्स स्टेडियमा अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमै अलआउट भयो ।

उसका लागि ग्लेन फिलिप्सले १८ तथा म्याट हेनरीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान र फजलहक फारुकीले ४–४ तथा मोहम्मब नाबीले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो । रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रन जोडे । ५६ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै, इब्राहिम जाद्रानले ४४ तथा अजमतुल्लाह ओमारजाईले २२ रनको योगदान दिए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले २–२ तथा लोकी फर्ग्युसनले १ विकेट लिए ।

अफगानिस्तानको न्युजिल्यान्डमाथि कुनै पनि फर्म्याटमा यो पहिलो जित हो । यसअघि एकदिवसीय र टी–२० का सबै ४ म्याच न्युजिल्यान्डको नाममा थियो ।