९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको शपथग्रहणमा नेपालबाट प्रधानमन्त्रीसँग जाने टोलीमा को–को छन् ?



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो कार्यकालको लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा समारोहमा भाग लिन भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीसहितको भारत भ्रमणमा जाने भ्रमण टोलीको टुंगो लागेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसहित कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।

प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा जाँदैछन् ।