२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा कारागार चलान



अ+ अ-

काठमाडौँ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि उनलाई केन्द्रीय कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

कान्तिपुर सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिटको बचत रकम अपचलन गरेर फरार भएका लामाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो ।

कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

सहकारीका ८५२ जना बचतकर्ताले लामा सहितका सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । रकम अपचलन गरेको कसुरमा कान्तिपुरका अध्यक्ष हिमाल विक्रम मल्ल पनि कारागारमा थुनामा छन् ।

निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।