२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई काँग्रेस सांसद गौतमको प्रश्न: साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो

। उहाँले समाजवाद उन्मुख भन्नेहरुले पनि पुँजीवाद उन्मुख भएर कृषि सम्बन्धि कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताउनु भयो । सांसद गौतमले नेपाललाई किसानहरुको देशको रुपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरुको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताउनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘भन्नलाई साम्यवादी भन्नुहुन्छ । समाजवाद उन्मुख भन्नु हुन्छ । यो कृषिको कार्यक्रम त पूँजीवाद उन्मुख छ । कहाँबाट यो समाजवादतिर उन्मुख छ ? यसले त ठूलो किसानहरुलाई मात्रै ध्यान दिन्छ । व्यापारीहरुलाई मात्रै ध्यान दिन्छ । यसले फेरी समृद्धिको यात्रा तय गर्दैन । त्यसकारण यसमा मेरो घोर असहमती छ । मेरो विज्ञहरुसँग आग्रह छ । नेपाललाई किसानको देश बनाऔं । यसलाई गाउँको देश बनाऔ । सहरै सहरको परिकल्पना नगरौँ । ’

सांसद गौतमले भन्ने बेलामा समाजबाद भन्ने अनि बजेट पूँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमती रहेको बताउनु भयो ।




भर्खरै