२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै



file
अ+ अ-

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षबाहेक १९ पदाधिकारीसहित २०० पदका लागि आज निर्वाचन हुँदैछ । आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेका छन् ।

सोमबारदेखि जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति कलाकेन्द्रमा जारी जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म मनोनयन दर्ता भएको थियो ।

एक सहअध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ५ जना उपाध्यक्ष पदका लागि पुरुषतर्फ १७ र महिलातर्फ ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी २ महासचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । उपमहासचिवतर्फ २ खुला र एक महिला पदका लागि १२ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ निर्वाचन समितिले जानकारी दिएको छ ।

सचिवतर्फको ७ पदका लागि ३४ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, कोषाध्यक्षमा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशनका लागि भनेर देशभरबाट एकसय पर्यवेक्षकसहित १ हजार ३४९ प्रतिनिधि छनोट भएका छन् ।