२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दिवाली होस् या होली, अनुष्का लव कोहली’, ‘१० रुपैयाको पेप्सी, कोहली भाई सेक्सी’



अ+ अ-

एजेन्सी । भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीका फ्यान देश तथा विदेशमा जताततै छन् । उनका फ्यानहरू कोहलीलाई एकपटक हेर्न पर्खिरहेका हुन्छन् र उनीसँग रमाइलो गर्ने मुडमा रहन्छन् ।

यस्तै दृश्य टी–२० विश्वकप २०२४ को २५ औं खेलमा देखियो, जहाँ भारतले अमेरिकाको सामना गरिरहेको थियो ।

यो खेल जित्दै भारतले सुपर ८ मा आफ्नो स्थान पक्का गरेको छ । यो खेलको क्रममा स्ट्यान्डमा उभिरहेका फ्यानहरूले विराट कोहली र उनकी जीवनसाथी अनुष्का शर्मासँग सम्बन्धित हास्यास्पद नारा लगाउन थाले ।

भारतीय टोलीको फिल्डिङका क्रममा विराट कोहली बाउन्ड्रीमा उभिरहेका बेला स्ट्यान्डमा उपस्थित कोहलीका फ्यानहरू उनलाई देखेर उत्साहित भए । त्यसपछि उनलाई देखेर फ्यानहरुले रमाइलो नारा लगाउन थाले ।

सबैभन्दा पहिले उनीहरुले नारा लगाए – ‘१० रुपैया पेप्सी, कोहली भाई सेक्सी’ । त्यसपछि फ्यानहरूले विराट कोहली र उनकी पत्नी अनुष्का शर्मासँग सम्बन्धित एउटा रमाइलो नारा लगाए ‘दिवाली होस् वा होली, अनुष्का लव कोहली ।’

यो नारामा कोहलीबाट कुनै नकारात्मक प्रतिक्रिया आएन र कोहलीले आफ्नो फिल्डिङमा ध्यान दिए । यो नारा सुन्दा निकै रोचक लाग्यो । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विराट कोहलीले टी–२० विश्वकप २०२४ मा अहिलेसम्म तीन खेल खेलिसकेका छन् । यी तीन खेलमा उनको ब्याटबाट कुनै राम्रो इनिङ आएको छैन । यसबाहेक २०२४ को टी–२० विश्वकपको २५औं खेलमा अमेरिकाविरुद्ध कोहली शून्य रनमा आउट भएका थिए । यसअघि विराट कोहली टी–२० विश्वकपमा यसरी आउट भएका थिएनन् ।

विराट कोहलीले सन् २०१२ मा टी–२० विश्वकपमा डेब्यु गरेका थिए । उनले यस प्रतियोगितामा अहिलेसम्म २८ इनिङ खेलेका छन् जसमा उनले १३०.५२ को स्ट्राइक रेटमा ११४६ रन बनाएका छन् । यस प्रतियोगितामा उनको उच्चतम स्कोर ८९ रन नटआउट रहेको छ ।

उनी टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा छन् । यस बाहेक उनी दुई पटक म्यान अफ दि टुर्नामेन्ट समेत चुनिएका छन् । पहिलो पटक २०१४ को टी–२० विश्वकप र दोस्रो पटक २०१६ को टी–२० विश्वकप ।