२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । यो खेल निकै रोमाञ्चक रह्यो । यो खेलसँग जोडिएको एउटा रोचक खबर बाहिर आएको थियो ।

पाकिस्तान क्रिकेट टिमका एक फ्यानले खेल हेर्न आफ्नो ट्रयाक्टर बेचेका थिए । तर पाकिस्तानको पराजयले उनलाई निराश बनायो । यसैबीच भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवकै कारण ‘पैसा वसुल’ भएको उनले प्रतिक्रिया दिएका छन् ।

भारत र अमेरिकाको खेल हेर्न पाकिस्तानी फ्यान पुगेका थिए । खेलपछि उनले भने, ‘मैले ३ हजार डलरको ट्र्याक्टर बेचेर भारत–पाकिस्तान खेल हेर्न आएको हुँ । यसमा हामी पराजित भयौं । म एकदमै निराश भएँ । तर भारतीय जनताले मलाई धेरै साथ दिए । यति धेरै म्यासेज आए । त्यसैले आज हामीले भारतलाई साथ दिनुपर्छ भन्ने लाग्यो । आज सूर्य (सूर्यकुमार यादव) ले मेरो मन जिते। खुब मज्जा आयो । भारतले ट्रयाक्टरको रकम फिर्ता गरेको छ ।’

भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । यसपछि भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्यो । यस खेलमा अमेरिकाले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो । जवाफमा भारतले १८.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । यस क्रममा सूर्यले ४९ बलमा अविजित ५० रन बनाए । सूर्यको यो इनिङ्समा २ चौका र २ छक्का समावेश थियो । शिवम दुबेले अविजित ३१ रन बनाए ।

यो पनिः ट्र्याक्टर बेचेर खेलको टिकट किनेका थिए पाकिस्तानी फ्यानले, हारपछि लाखौं पैसा बर्बाद