२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूमाथि लगाएको आरोपमाथि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन। केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो। हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ।’, उनले भने, ‘हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ?अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ?मैले के अनुमान गर्ने ?’

साथै, उनले प्रधानमन्त्रीको भारत तथा राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेबाट रुलिङ माग गरे ।‘प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि १ प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’, उनले भने ।