२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रशंशा गर्नुभएको छ ।

उहाँले सो महानगरपालिकाका मेयर महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यले मिलेर धेरै राम्रो काम गरेको भन्दै प्रशंशा गर्नुभएको हो ।

सांसद कार्कीले महर्जन काँग्रेसबाट निर्वाचित मेयर र शाक्य एमालेबाट निर्वाचित उपमेयर भएपनि उहाँहरुले मिलेर धेरै राम्रो काम गरेको देख्दा आफूले प्रशंशा नगर्दा अन्याय हुने प्रतिक्रिया पनि दिनुभयो । उहाँले मेयर महर्जन र उपमेयर शाक्यले खानेपानीको मुहानको खोजी गरेर ललितपुरमा खानेपानीको अभाव हुन नदिने कामलाई पनि योजनावद्ध ढंगले अघि बढाएको बताउनु भयो । सांसद कार्कीले वागमती नदी खुला ढलको रुपमा परिणत भएको उल्लेख गर्दै त्यसको सफाईमा विशेष ध्यान दिन पनि सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ललितपुर जिल्लाका मेयरको कुरा गर्दा हुनत उहाँ काँग्रेसको मेयर हो चिरिबाबु महर्जन । र उहाँको उपमेयर पनि तपाईकै पार्टीको छ । उहाँहरु दुईटाको कम्बिनेशलले यति राम्रो काम गरेको छ कि म प्रशंशा नगरी रहन सक्दिन । यदिमैले यहाँ उभिएर चिरिबाबु महर्जनको र उपमेयरको प्रशंशा गरिन भने उहाँहरुप्रति अन्याय हुन्छ । हामीले विरोध पनि गर्न सक्नुपर्छ, प्रशंशा पनि गर्न सक्नु पर्छ । उहाँहरुले धेरै राम्रो काम गर्नु भएको छ । जुन वनसँग पनि सम्बन्धित छ । त्यहाँ उहाँहरुले मुहानहरुको खोजी गर्नु भएको छ । गोदावरी नगरपालिकामा ५/६ वटा मुहान छ । त्यहाँ डिपिआर भईसकेको छ । त्यसपछि दक्षिणकालीमा पनि ३/४ वटा मुहान छ । दक्षिणकालीको सिस्नेरी खानेपानी मुहानमा डिपिआर भएको छ । यो सबैभन्दा ठूलो कुरा हो । यसमा उपत्यका खानेपानीले लगानी गरिराखेको छ । ’

सांसद कार्कीले ओर्खु–बालकुमारी ललितपुरले ढंल प्रशोधनको काम शुरु गरेपनि ठेकदारले पैसा खाएर भागेको भन्दै उनीमाथि कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।