२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्यानको माया देखेर रोइन् कियारा आडवाणी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कियारा आडवाणीले हालै बलिउडमा १० वर्ष पूरा गरेकी छिन् । यस अवसरमा अभिनेत्रीले फ्यान मिट आयोजना गरिन्, जहाँ उनी भावुक भइन् ।

यस भेटका केही तस्विर र भिडियोहरु अभिनेत्रीले सामाजिक सञ्जालमा फ्यानहरुसँग शेयर गरेकी छिन् । भिडियोमा फ्यानको माया देखेर कियारा रोइरहेकी छिन् ।

यो रिल सेयर गर्दै कियाराले लेखेकी छिन्, ‘१३ जुन २०१ ४। १० वर्ष बितिसक्यो तर हिजो मात्रै भयो जस्तो लाग्छ । मनमा, म अझै पनि उही केटी हुँ जो आफ्नो परिवारको लागि प्रदर्शन गर्न उत्साहित छु । र अब मेरो परिवार यति ठूलो भएको छ किनकि तपाईं सबै यसको एक हिस्सा बन्नु भएको छ । मलाई यति धेरै माया र आशीर्वाद दिनु भएकोमा म तपाईंहरू सबैप्रति आभारी छु ।’

कियाराले सन् २०१४ मा फिल्म ‘फग्ली’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यसपछि उनी ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’, ‘कलंक’, ‘कबीर सिंह’, ‘गुड न्यूज’, ‘शेरशाह’ र ‘भूल भुलैया २’ जस्ता फिल्ममा देखिइन् ।

पछिल्लो पटक उनी गत वर्ष रिलिज भएको कार्तिक आर्यनको फिल्म ‘सत्यप्रेम की कथा’ मा देखिएकी थिइन् ।

यस वर्ष कियारा शंकरको फिल्म ‘गेम चेन्जर’ मा देखिने छिन् जसमा उनको अपोजिट राम चरण हुनेछन् । यसबाहेक उनी ‘डन २’ र ‘वार २’ जस्ता प्रोजेक्टको पनि हिस्सा हुन् ।