२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पञ्चायत ३’ की अम्मा जीले अझै गरेकी छैनन् बिहे



अ+ अ-

एजेन्सी । आभा शर्माले ‘पञ्चायत सिजन ३’ मा अम्मा जी (दमयन्ती देवी) को भूमिका निभाएकी छिन् । ७५ वर्षीया आभा शर्माले एक अन्तर्वार्ताका क्रममा आफ्नो अभिनय करियर कति कठिन रहेको बताएकी छिन्। उनले बाल्यकालदेखि नै अभिनयमा रुचि राखेपनि ५४ वर्षको उमेरमा अभिनय गर्ने मौका पाएको बताए ।

इन्डियन एक्सप्रेससँगको कुराकानीमा आभाले आफ्नो परिवारमा आफू कान्छी भएको बताइन् । आफ्नो बुबाको मृत्यु पछि, आभाले टेलिकम कम्पनीमा काम गर्न थालेको र आमाको हेरचाह गर्न घरमा बसेको बताईन् । उनले जे.जे. स्कुल अफ आर्ट्सबाट डिप्लोमा गरे र सन् १९७९ मा शिक्षक भएर काम गर्न थाले ।

आभाकी आमाले अभिनय गरून् भन्ने चाहनुभएन । आभाले आफ्नी आमाको कुरा मान्नुभयो र अभिनयको बारेमा सोचेनन्। तर आमाको निधनपछि आभाले फेरि अभिनय गर्न थालिन् ।

आभाले सन् २००९ मा टिभीमा पहिलो ब्रेक पाएकी थिइन् । त्यसपछि उनले अर्जुन कपुर र परिणीति चोपडा स्टारर फिल्म ‘इशकजादे’ मा काम पाए ।

आभालाई २०१० मा फिल्म ‘पिपली लाइभ’ मा भूमिकाका लागि बोलाइएको थियो । यहीँ उनको पहिलो भेट ‘पञ्चायत’ अभिनेता रघुवीर यादवसँग भएको थियो । अचानक स्वास्थ्यमा खराबी आएपछि उनले यो फिल्ममा काम गर्न नसकेर यो रोल अर्कैको हातमा गयो । पछि फेरी आभाले ‘पञ्चायत ३’ मा भूमिका पाइन् । उनले आफ्ना सबै कस्टार, निर्देशक र बाँकी टोलीले निकै सहयोग गरेको बताए ।