२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनसँगै  विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्था अनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः निष्क्रिय भएका हुन् । राष्ट्रिय सभामा उत्पत्ति भई विचाराधीन रहेका विधेयक भने सोही सभामा मात्र प्रक्रिया अगाडि बढ्ने छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता  डा. रोजनाथ पाण्डेले विघटनपछि विधेयक स्वतः निष्क्रिय हुने बताउनुभयो । पाण्डेले  भन्नुभया, ‘सभा नभएपछि स्वतः विधेयक निष्क्रिय भएका छन् । प्रतिनिधि सभाको हकमा ३८ विधेयक छन् । प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन एक विधेयक छ ।’ संवैधानिक व्यवस्थाअनुसार विधेयक विचाराधीन   रहेको अवस्थामा अधिवेशन सकिएमा त्यस्ता विधेयक  अर्को अधिवेशनमा कारबाही  गर्न  मिल्ने छ तर  कार्यकाल सकिए वा विघटन भएमा विधेयक निष्क्रिय हुने छन् ।

संविधानको  धारा १११(१०) को प्रतिबन्धात्मक वाक्यांशमा भनिएको  छ, ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।

संसद्  सचिवालयका  अनुसार राष्ट्रिय  सभामा  विचाराधीन  अवस्थामा  रहेका विधेयकको कारबाही प्रक्रिया भने   अगाडि बढ्ने छ ।  ती  विधेयक सभाबाट  पारित भएर बस्ने छन्  । हाल  १८  वटा  विधेयक राष्ट्रिय  सभामा  विभिन्न चरणमा विचाराधीन छन् । गोरखापत्र दैनिक