२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै



अ+ अ-

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने भएको छ ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँका अनुसार काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने भएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्नु हुन्छ । कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गर्नुभएको छ ।  

अध्यक्ष बानियाँका अनुसार काठमाडौंका निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक,निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक, निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक, निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार लगायत दश स्थानहरुमा  विरोध प्रदर्शन हुनेछ ।