२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्री लामाले सम्हाले मन्त्रालयको जिम्मेवारी



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटन पछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएका दावा लामाले आइतबार पदभार ग्रहण गर्नुभएको छ । 

सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गर्नुभएको हो । नव नियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शुक्रबार मन्त्रिमण्डल विस्तार भएसँगै सोही दिन सपथ खाइसक्नुभएका लामाले आइतबार मात्र मन्त्रालयको जिममेवारी सम्हाल्नु भएको हो । पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ हुनुभएको थियो । पूर्व मन्त्री विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गर्नुभएको थियो । नवनियुक्त मन्त्री लामालाई स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले मन्त्रालयले गरेका र गर्ने क्रममा रहेका गतिविधिबारेमा नवनियुक्त मन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो ।