२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भइरहेको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भए पनि गौतम कुनै पनि समूहमा खुल्नुभएको छैन । संसद् विघटनको विरोध जनाउनुभएका उपाध्यक्ष गौतम दुवै समूहको बैठक र भेलामा सहभागी हुनुभएको छैन ।

दुवै समूहमा नखुल्नुभएका गौतमले शनिबार प्रचण्ड निवासमा भेटवार्ता गर्नुभएको छ । दुई नेताबीच करिब एक घण्टा वार्ता भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरे पनि गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद् विघटन प्रकरणपछि नेकपा विभाजित भए पनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतै पनि खुल्नुभएको छैन । दुवै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आए पनि गौतमले निर्णय लिइसक्नुभएको छैन । गौतम दुवै पक्षको केन्द्रीय समितिका नेताहरुको दुवै समूहको भेलामा सहभागी हुनुभएको छैन ।

भेटवार्तामा उपाध्यक्ष गौतमले आफू संसद् विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने जवाफ दिनुभएको थियो । भेटमा गौतमले जसरी भए पनि पार्टी एकतालाई कायम राख्नुपर्नेमा जोड दिँदै एकता गरेरै जानुपर्ने आफ्नो अडान राख्नुभएको थियो । सचिवालयका सबै नेताको कित्ता प्रस्ट भइसके पनि वामदेव गौतम भने कतै देखिनुभएको छैन । तर संसद् विघटनको भने विरोध गर्दै आउनुभएको छ । नेपाल समाचारपत्र दैनिक