२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री आइतबार नेपाल आउने



अ+ अ-

काठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री नेपाल आउने भएका छन् । आइतबार नेपाल भ्रमणमा आउन लागेका उपमन्त्री क्वो ए चौको भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ । पार्टी विभाजनको पीडामा रहेको नेकपालाई उनको भ्रमणले केही मल्हम लगाउने आंकलन गरिएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख समेत रहेका क्वोको भ्रमण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले मिलाएको बताइएको छ ।  चार सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँमा चार दिन रहने छ ।

संसद विघटनपछि दुवै पक्षका नेताले एकले अर्कालाई सिध्याउने खेलमा लागिरहेका बेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर उपमन्त्रीक्वो नेपाल भ्रमणमा आउन लागेको जानकारी गराएकी थिइन् ।




भर्खरै