२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएको आशंका जापानका पूर्व कृषि मन्त्रीको कार्यालयमा खानतलासी



अ+ अ-

जापान । एक कम्पनीका प्रतिनिधिसंग अनाधिकृत रुपमा रकम लिएको आरोप लागेका जापानका पूर्व कृषि, वन तथा मत्स्यपालन मन्त्री ताखासीमोरी योशिकावासंग सम्बन्धित कार्यालयहरुमा अधिकारीहरुले खान तलासी गरेका छन् ।

हिरोसिमाको फुकुयामा भन्ने ठाउमा मुख्यालय रहेको एक अण्डा उत्पादक कम्पनीका प्रतिनिधिसंग ५० लाख रुपया लिएको आसंकामा उनीमाथि छानबिन भैरहेको छ । छानबिनकै क्रममा शुक्रबार बिहान टोकियोको चियोदा कु स्थित प्रतिनिधिसभाको हलमा रहेको उनको  कार्यालय र साप्पोरोमा रहेको स्थानिय कार्यालयमा खानतलासी गरिएको हो । 

२०१८ को अक्टुबर देखि गत वर्षको सेप्टेम्बेर कृषि मन्त्रि थिए । अंकिता फुड्स नामक उक्त कम्पनीले पशुपालन सम्बन्धि अन्तराष्ट्रिय मापदण्ड (पशु कल्याण) र उत्पादकहरुलाई अनुदान परियोजनाका बिषयमा निबेदन दिएपछि पूर्वमन्त्रि योशिकावाले उक्त कम्पनीका प्रतिनिधि संग नियमित भेट्ने गरेको जापानको सरकारी संचार सस्था एनएचके अधिकारीहरुलाई उदृत गर्दै समाचार छापेको छ ।

मुटु सम्बन्धि रोगबाट ग्रसित उनले अप्रेशन पश्चात अब काम गर्न नसक्ने भन्दै ३ दिन अघि मात्रै संसद पदबाट राजीनामा दिएका थिए । योशिकावाआर्थिक बिबादमा पर्ने आबे सरकारका तेस्रो मंत्री भएका छन् । आर्थिक अपचलनको बिबाद आएपछि यसै वर्ष आबे सरकारका २ मन्त्रीले राजिनामा दिएका थिए ।




भर्खरै