२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समुह निर्वाचन आयोगमा, नेकपा आफ्नो भएको दाबी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

बिहीबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभाका सांसदहरुसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो । उक्त समूहले आफ्नो पक्षका २ सय ९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी कानूनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानुनी निरुपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । सो अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफुहरु आधिकारिक भएको बताउनुभयो । केन्द्रीय कमिटीका करिब दुई तिहाईको हाराहारीका सदस्यहरु आफुहरुतिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले सबै सशरिर उपस्थित भएको र आगामी दिनमा पनि निर्वाचन आयोगले चाहे २ सय ९५ सदस्य नै सशरिर उपस्थित हुन सकिने बताउनुभयो । सशरिर उपस्थित हुनुभन्दा ठुलो कुनै प्रमाण हुन नसक्ने जिकिर गर्दै प्रचण्डले पार्टीको आधिकारिकता, चुनाव चिन्ह र केन्द्रीय सदस्यहरुको नामावलिलाई वैधानिक व्यवस्था अनुसार छिट्टै निक्र्योल तथा निर्णय गरिदिन निर्वाचन आयोग समक्ष माग गर्नुभयो ।




भर्खरै