२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतमा बिहीबारदेखि खोप अभियान शुरु



अ+ अ-

कुवेत सिटीः नेपाली श्रमिक कामदार निकै ठूलो संख्यामा रहेको अरब मुलुक कुवेतमा बिहीबारदेखि कोभिड–१९ को खोप अभियान शुरु हुन लागेको छ ।

कुवेतका स्वास्थ्य मन्त्री बास्सेल अल–सबाहले पहिलो चरणमा बुढाबुढी र स्वास्थ्यकर्मीलाई खोप दिइने बताउनु भएको छ ।

हवाल्ली गभरनरेटको खोप केन्द्रको निरीक्षण गरेपश्चात मन्त्री अल–सबाहले कुवेतमा खोप महिनैपिच्छे प्राप्त हुने र योक्रम वर्षैभरि जारी रहने जानकारी दिनुभयो । देशका सबै मानिसलाई खोप दिइने पनि उहाँले बताउनुभयो ।

उहाँले हालसम्म ३७ हजार ७०० व्यक्तिले खोपका लागि नाम लेखाइसकेको पनि बताउनुभयो ।

कुवेतले फाइजर र बायोएनटेकले विकास गरेको खोप भित्र्याएको छ ।

सिन्ह्वाका अनुसार विदेशी श्रमिकलाइ खाेप दिइने वा नदिइने बारेमा भने केही उल्लेख छैन ।




भर्खरै