२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुडुवा बस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयलाई सास्ती



अ+ अ-

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । ४२ घरधुरी रहेको उक्त बस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ । जसका कारण बस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ । 

बाँकको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्ती भुमिहिन व्यक्तिहरुको बस्ती हो । यो बस्तीमा बस्ने सबै मानिसहरु भुमिहिन छन र उनीहरु दैनिक मजदुरी गरेर छाक टार्ने गर्छन् । यो बस्तीमा ४२ घरधुरी रहेका छन् । तर सबै घरका लागि जम्मा २ वटा शौचालय र दुईवटा पानीको धारा छन् । उनीहरुका लागि हिंडने बाटो समेत छैन् । जसले गर्दा डडुवा बासिको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

शौचालय र पानीको समस्या अहिलेको होइन । यो समुदायका मानिसहरुमा आफै पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन् । आर्थिक रुपले विपन्न यो बस्तीको समस्या समाधानमा अहिले सम्म कुनैपनि सरकारको ध्यान जान सकेको छैन् । दिनभर काम गरेर साँझ खानुपर्ने यस वस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ ।  

डुडुवा बस्तीका मानिसहरु आफै सानो सानो झुप्रो बनाएर बसिरहेका छन् । तर आफै शौचालय र धारा निर्माण गर्न नसक्ने उनीहरुले पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन् । तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन ।




भर्खरै