२३ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद जीवित नै छ, सभामुखले बैठक बोलाउनु पर्छ – डा. बाबुराम भट्टराई (भिडियो सहित )



अ+ अ-

काठमाडौ। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेसन आव्हान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्ष सहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा अहिलेपनि जिवित रहने निष्कर्ष सहित सभामुखलाई बैठक आव्हान गर्न आग्रह गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रतिनिधिसभा अहिलेपनि जिवित छ त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक शुरु गर्नको निम्ति आव्हान गर्नेपनि निर्णय गरेका छौं ।’ 

प्रतिनिधि सभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जस अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा कन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि संघीय परिषद अध्यक्ष डा. भट्टराईले बताउनुभो ।

उहाँले भन्नुभयो ‘यसको विरुद्धमा हामी संघर्षका सबै रुपहरु अपनाउँछौं । मुख्य रुपमा सडक संघर्षमा हामी जान्छौं । त्यसका निम्ति भोली ८ गते सबै जिल्ला सदरमुकामहरुमा जुलुस प्रदर्शन गर्ने पहिले नै घोषणा भइसकेको छ । आज नयाँ थप हामीले गरेका छौं ।

१० गते सबै जिल्ला सदरमुकामरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकामहरुमा र अन्यत्रपनि मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने र अरु ठाउँमा सभा जुलुसहरु गर्ने यो तत्काल पहिलो चरणको कार्यक्रम गर्ने छौं । त्यस अतिरिक्त अरु दलहरुसँग पनि बुझेर उहाँहरु कुन ढंगले आउन सक्नुहुन्छ । तालमेल गरेर जान सक्ने पनि ढोका खुला राखेका छौं ।’