२३ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव दुबै बैठकमा नजाने, टोपबहादुर र मणी ओलीतिर, हरिबोलको समर्थन दाहाललाई



अ+ अ-

काठमाडौ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते भएकाे एकता आजबाट औपचारिक रुपमा टुट्दैछ । कानूनी र राजनीतिक रुपमा आफू बलियो देखाउनका लागि केपी ओली र पुष्पकमल दाहाल पक्ष सक्रिय रहेका छन् । जसका कारण नेकपा विभाजन वा चोइटिने भन्ने प्रष्ट खाका आइसकेको छैन । 

प्रधानमन्त्री ओली निकट केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बस्ने तयारीमा छ भने दाहाल पक्षको केन्द्रीय समितिको बैठक पनि आजै दिउँसो १ बजे कार्की पार्टी प्यालेस बबरमहलमा बस्दैछ । दुबै केन्द्रीय समितिको बैठकले एक अर्कालाई कारबाही गरेको घोषणा गर्दै थप नेतालाई जिम्मेवारी दिनेछन् । यसैबीच एकीकृत नेकपा रहँदाका नेताहरु यतिखेर दुबैतिरको तानातानमा परेका छन् ।  

नेकपामा बरिष्ठ उपाध्यक्ष रहनु भएका वामदेव गौतम दुबै पक्षको बैठकमा सहभागी हुनु भएको छैन र आज पनि दुबै समूहको छलफलमा नजाने हुनु भएको छ । यसैगरी गृहमन्त्री रामबहादुर थापा केही दिन यता दुबै समूहको छलफलमा सहभागी नभै आन्तरिक छलफलमा रहनु भएको छ । पछिल्ला दिनमा दाहालसँग चित्त दुखाउँदै निष्कृय बस्नु भएका हरिबोल गजुरेलले दाहाल समूहलाई साथ दिनु भएको छ ।