२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डलाई साथ दिन सकिदैन : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् । 

सोमबार ओली पक्षले बोलाएको आफ्नो गुटका सांसदहरुको भेलालाई सम्बोधन गर्दै भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण  प्रचण्डलाई साथ दिन नसकेको बताएका हुन् ।

पहिले प्रचण्ड पक्षीय नेता मानिएका भट्टले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको बताए । भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबीसमेत गरेका छन् ।