२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले संविधानको चीरहरण गर्यो, सडकबाटै सामना गर्छौः नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । कांग्रेसले ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भत्र्सना गरेको हो । संसद् विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेलगत्तै आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीले संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजान लागेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको कदमले लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताउनुभयो । ‘ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद् विघटन गर्ने काम गरे, यो कुनै पनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । अलोकतान्त्रिक कदमको कांग्रेसले घोर भत्सर्ना गर्दछ।’ –उहाँले भन्नुभयो । यो कदमले राष्ट्रलाई अस्थिरतातिर लैजाने, लोकतन्त्रलाई संकटतिर लैजाने बताउँदै पौडेलले निन्दनीय कामको सामना गरेर अगाडि बढ्ने बताउनुभयो ।

बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहरसमेत गरेको छ । आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्मा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय बैठकले गरेको छ । नेपाल समाचारपत्र दैनिक