२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादल र भट्टले छोडे प्रचण्डको साथ, उभिए ओलीको पक्षमा



अ+ अ-

काठमाडौं । पूर्व माओवादीतर्फबाट मन्त्री बनेका दुई मन्त्रीले प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका छन् । पूर्व माओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाललाई छोडेर प्रधानमन्त्रीलाई साथ दिएका हुन् । 

प्रचण्ड र माधव नेपाल निकटका ७ मन्त्रीले राजीनामा घोषणा गरिँरहँदा थापा र भट्टले भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफलमा छन् ।

आजै ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सामूहिक राजीनामा दिनेमा कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।