२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्मृद्ध नेपाल निर्माणमा निजी क्षेत्रसँग हातेमालो गर्न गैर आवासीय नेपालीहरुलाई वरिष्ठ उपाध्यक्ष ढकालको आह्वान



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरु (एनआरएन) लाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको छ । एनआरएनए क्यानाडाको १३औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले एनआरएनको ज्ञान, सिप र श्रोतलाई नेपालमा ल्याउन निजी क्षेत्रको तर्फबाट आफूहरु सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । 

“तपाईहरु आउनुस्, यहाँ लगानीको वातावरण बनेको छ । नयाँ संविधानको निर्माण र मुलुक संघीय प्रणालीमा गइसकेपछि धेरै पुराना नियम कानुनहरु परिवर्तन गरिएका छन् । हरेक स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन र बैदेशिक लगानी भित्र्याउन पहल गरेका छन्,” उहाँले भन्नुभयो, “विदेशमा सिकेको ज्ञान, सीप, श्रोत र साधन लिएर तपाईहरु आउनुस्, सम्मृद्ध नेपाल निर्माणमा हामीहरु सधै हातेमालो गर्न तयार छौ ।”

एनआरएन र एफएनसीसीआईबीच सुमधुर सम्बन्ध रहेको बताउँदै उहाँले एनआरएनहरुले लगानी ल्याउने प्रतिवद्धता जनाए महासंघको तर्फबाट यसकालाई हातेमालो गर्न आफूहरु तयार रहेको समेत बताउनुभयो । अहिले पनि कतिपय आयोजनाहरुमा महासंघ र गैर आवासीय नेपालीहरुबीच लगानी साझेदारी भएको बताउँदै उहाँले अबका दिनमा पनि थप लगानी भित्र्याउन महासंघको तर्फबाट आफूले पहल गर्ने बताउनुभएको छ ।