२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र जसपाको माग संसदको अधिवेशन तत्काल बोलाउ



अ+ अ-

काठमाडौं । दुई प्रतिपक्षदलले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस र अर्को बिपक्षीदल जनता समाजबादी पार्टी (जसपा)का शिर्षनेताहरु बीच सनिबार भएको छलफल पछि संसदको बैठक तत्काल बोलाउन माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भएको दुई दलका नेताहरुले छलफलले लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने निर्णय समेत गरेका छन् ।  

छलफलमा काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुनु भएको थियो ।