२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानको आन्दोलनमा कविहरुको समर्थन



अ+ अ-

काठमाडौँ। बक्यौता रकम उठाउनका लागि आन्दोलनरत उखु किसानको समर्थनमा कविहरूको प्रतिनिधित्व गर्दै कविहरुले माइतीघर मन्डलामा कविता वाचन गरेका छन्। १२ जना कविहरूले विभिन्न शिर्षकमा रही किसान, कृषीजीवी, मजदूर एवं आन्दोलनरत उखु कृषकका पक्षधरता लिँदै कविता वाचन गरेका हुन्।

कविता वाचन कार्यक्रममा आन्दोलनरत किसानहरूले पनि आ-आफ्ना कविताहरू सुनाएका थिए। नवलपरासीका राजकुमार राजवरी, सर्लाहीका हरिशरण लगायतले आन्दोलनस्थमा कविताका माध्यमबाट आफ्ना मागको सम्बोधन हुनुपर्ने भावार्थका कविताहरू वाचन गरेका हुन्।

आन्दोलरत उखु किसानसँग ऐक्यबद्धता जनाउदै कविहरू पवन ढुंगाना, सुष्मा तिमिल्सिना, रसिक राज, सुरज पराजुली, अन्शु खनाल, सारस चरी, राजु झल्लु प्रसाद, देव व्रत, असिम सागरले  कविता वाचन गरेका हुन्। 

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको रोहबरमा आन्दोलनरत किसान र सरकारबीच लिखित सम्झौता नै भएको थियो। सोही सम्झौताका भरमा किसानलाई राजधानीमा भइरहेको विभिन्न चरणको आन्दोलन स्थगित गर्न लगाइएको थियो। सरकारले माघ ७ भित्रमा सम्पूर्ण बक्यौता रकम उपलब्ध गराइदिने लिखित सम्झौता गरेपछि किसानले पनि विश्वास गरी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका थिए। 

तर सबै भुक्तानी पाएनन्, सरकारले तोकेको अवधिसम्म जम्मा १६ करोड १४ लाख रुपैयाँ मात्र पाए। किसानले अझै उद्योगहरूबाट करिब एक अर्बको हाराहारीमा पुरानो रकम लिन बाँकी रहेको बताएका छन्।