२३ असार २०८३, मंगलवार
,
Latest
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार ७ सय ८२ मा कोरोना संक्रमण,१६ को मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ८२  जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। ५ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा  ७ सय ८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय ९ हजार ३१७ संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार मात्र कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ।यस्तै शुक्रबार १ हजार २९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.६प्रतिशत हो।

मन्त्रालयको अनुसार ४२७ जना क्वारेन्टिन र ९ हजार ३१७ आइसोलेसनमा रहेको छ। कोरोनाका गम्भीर २८३ जनाको आइसीयूमा र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।