२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा खेती हुने तरकारी, प्रतिकिलो १ लाख ३८ हजार रुपैयाँ पर्ने



अ+ अ-

हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा यस्तो पनि तरकारी छ, जुन तरकारीको मूल्य प्रतिकिलो १ लाख ३८ हजार (१ हजार युरो) पर्दछ । यो तरकारी गरिब त के धनीहरुले पनि किन्नुअघि साच्नुपर्ने हुन्छ । यसको खेती पहिले उत्तरी जर्मनीमा शुरू भयो र त्यसपछि यो बिस्तारै विश्वभर फैलियो ।

यति महंगो तरकारीको नाम हो, ‘हप शूट्स’ । यसमा रहेको फूललाई ​​‘हप कोन्स’ भनिन्छ । महँगो भएको कारण यो तरकारी कुनै बजार वा स्टोरमा सहजै देख्न पाइँदैन ।

‘हप शूट्स’ औषधीय गुणहरूले सम्पन्न हुन्छ, त्यसैले यो जडिबुटीको रूपमा पनि प्रयोग हुन्छ । दाँतको दुखाइमा यो धेरै प्रभावकारी छ । यसबाहेक, क्षयरोग जस्ता गम्भीर रोगको उपचारमा पनि यसको प्रयोग गरिन्छ । यसमा एन्टिबायोटिक गुणहरू पाइने बताइएको छ । 

यसलाई काँचै पनि खान सकिन्छ । यद्यपि यसको स्वाद एकदम कडक हुन्छ । यसको फलहरूलाई सलादको रूपमा प्रयोग गरिन्छ भने अचार पनि बनाउन सकिन्छ, जुन धेरै स्वादिलो ​​र खानका लागि लाभदायक हुन्छ ।

वास्तवमा यसको फूल बियर बनाउन प्रयोग गरिन्छ भने बाँकी फलहरू खानाको रूपमा प्रयोग हुन्छन् । ८०० ईस्वीतिर यसलाई बियरमा मिसाएर मानिसहरूले पिउँथे र यो प्रवृत्ति अझै चलिरहेको छ ।