काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको भाउ प्रतितोलामा ८०० रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ कारोबार भैरहेको छ । आज तेजावी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ ।
आज चाँदीको भाउ प्रतितोला १२ सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।







