२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात दिनभित्र उखु किसानलाई भुक्तानी दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन



अ+ अ-

काठमाडौं । संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी सोको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

उखु कृषकहरुको भुक्तानी ७ दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरणसहित अर्को हप्ता समितिलाई जानकारी गराउन निर्देशन दिएको श्रीवास्तवले जानकारी दिनुभयो । त्यसै गरी, समितिको बैठकले देशभरका श्रमिकले पारिश्रमिक पाएरनपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिनभित्रमा समितिमा प्रतिवेदन पेस गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

माइतीघरमा प्रदर्शन गरिरहेका किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानले बताएका छन् ।

मन्त्रालयले गत वर्ष पुस १८ गते माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तर, उद्योगीहरुले एक वर्षसम्म पैसा नदिएपछि काठमाडौं आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानले बताएका छन् । उनीहरुको भुक्तानीको विश्वसनीय पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । नेपाल समाचारपत्र दैनिक