२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकले १३.०५ प्रतिशत लाभांश दिने घोषणा, बोनस शेयर कति ?



अ+ अ-

काठमाडौँ । मेगा बैंकले शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४ सय १६ रुपियाँ रहेको छ । 

आज बसेको सञ्चालक समितिको बैठकले २०७७ असार ३१ गतेसम्मको सञ्चित नाफा र वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गर्ने निर्णय गरेको बरिष्ठ नायब महाप्रबन्धक तथा कम्पनी सचिव तुल्सीराम पोखरेलले बताउनु भएको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने कम्पनी सचिव पोखरेलले जानकारी दिनु भयो ।